macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा । थ्री स्टार क्लब २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा हिजो भएको खेलमा भुटानी क्लब पारो एफसीलाई हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेका हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अतिरिक्त समयमा गएको खेलमा आशिष चापागाइले दुई गोल गरेपछि थ्री स्टार २–० गोलले विजयी भयो ।

भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता थियो । थ्री स्टारले अब आउँदो बुधवार जावलाखेल र मनाङ मर्स्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत आज दिउँसो साढे २ बजे सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

himalayan life insurance
igi long
NTA long ad