citizens life insurance long ad
stcnepal long ad

आजदेखि काठमाडौं महानगरपालिकाले सुन्धारामा निःशुल्क पार्किङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आइतबारदेखि धरहराको पहिलो तला (सुन्धारा) मा निःशुल्क पार्किङ सेवा दिन लागिएको छ ।

महानगरले धरहराको सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क सेवा उपलब्ध गराएको महानगरले अब धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको बताए ।

उनका  अनुसार अनुसार  ५० हजार  स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौं मल नपुग्दै देब्रेतर्फ (खिचापोखरीतर्फ) लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

IME Life
kumari