citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याक्टोमेनीले दुवै गोल गरेका थिए । चेल्सीका लागि कोल पालमरले १ गोल फर्काए ।

घरेलु मैदान वल्ड टाफोर्डमा युनाइटेडले १९ औं मिनेटमा म्याक्टोमेनीको गोलमा अग्रता बनाएको थियो ।

४५ औं मिनेटमा चेल्सीका पालमरले बराबरी गोल गरेका थिए । तर, ६९ औं मिनेटमा म्याक्टोमेनीले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले २–१ को अग्रता लियो ।

सोही अग्रता अन्तिमसम्म कायम राख्दै जित निकाल्न सफल भयो । जितसँगै युनाइटेडले प्रिमियर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

युनाइटेडका २७ अंक रहेको छ । पराजित भएको चेल्सी भने १९ अंकका साथ १० औं स्थानमा रहेको छ ।

gold
kumari bank