macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते बिहीबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि मंसिर २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

स्वावलम्बन लघुवित्तले पुस ४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad