कोरोना भाइरसका सात वटा विषयमा नेपालले अध्ययन अगाडि बढायो

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभाव सम्बन्धी सात वटा विषयमा अध्ययन अगाडि बढाएको छ ।
स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि विभिन्न क्षेत्रमा देखिएका समस्यालाई लिएर अध्ययन थालेको हो ।
एनएचआरसीका कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीका अनुसार सङ्क्रमणको सफल उपचार भएकाहरूको प्लाज्मामार्फत सङ्क्रमितको उपचार प्रभाव कस्तो हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिने भएको छ ।
¥यापिड डाइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको )र रियल टाइम पोलिमरेज चेन रियाक्सन ९आरटी–पीसीआर०को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरूको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा पाइएको मानसिक अवस्थाका बारेमा अध्ययन थालिएको छ ।

यस्तै कोभिड–१९ को विषयमा नागरिकको ज्ञान, कोरोना भ्याक्सिन निर्माणको सम्भावना, कोरोना उपचारको सन्दर्भ, आयुर्वे्दिक औषधि र नेपालमा पाइने बहुमूल्य वनस्पतिको अध्ययन र सेनिटाइजेसन टनेलले मानव स्वास्थ्यमा पार्ने प्रभावजस्ता विषयमा समेत परिषद्ले अनुसन्धानकर्तासँग मिलेर अध्ययन थालेको छ । आजको गोरखापत्र दैनिकबाट