stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले घर दैलोमै निःशुल्क औषधि उपलब्ध

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्र्तगत रहेका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका वरिष्ठ सञ्चारककर्मीलाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराएको छ ।

विश्वव्यवापी कोभिड – १९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधि प्राप्तिमा असहज नहोस भन्ने लक्ष्यका साथ समितिले गत बैशाख २ गते जारी सूचना अनुरुप महासचिव श्रीजन झा को संयोजकत्वमा फोकल पर्सन समितिका कोषाध्यक्ष टेनिस रोका, समिति सदस्य सागर पन्त रहने गरि बनाईको सहजीकरण समितिले महासंघ काठमाडौं शाखाका सदस्य चक्रपाणि नेपाल र सोही शाखाका अर्का सदस्य नेत्र बहादुर हमालबाट प्राप्त जानकारी अनुरुप औषधि उपलब्ध गराएको हो ।

उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यको सहकार्य र सहयोगमा त्यस्तै औषधि थोक व्यवसायी संघका महासचिव गणेश नेपालको सहजीकरणमा वरिष्ठ पत्रकार नेपाललाइ बजारमा अभाव रहेको म्याक्सट्रेड ३० एचएम नामको इन्सुलेस २५ दिनका लागि प्रयोग गर्न पुग्ने गरि र पत्रकार हमाललाइ तत्काल प्रयोग गर्न पुग्ने गरि एमलोड ५, लोसाप २५ नामक औषधि सहयोग गर्नु भएको हो ।

त्यस्तै यसवीचमा औषधि उपलब्ध गराएसंगै उपत्यका प्रदेश समितिका महासचिव झाले हामीसंगको कुराकानीको क्रममा केहि साथीहरुलाइ प्राप्त अको जानकारी अनुरुप संभवभए सम्मको औषधि उपलब्ध गराउने आयातकर्ता संघका महासचिव आचार्यले दिनु भएको सहयोगी बचनको लागि हार्दिक स्वागत सहित धन्यवाद व्यक्त गर्नु भएको छ ।

औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ काठमाडौका उपाध्यक्ष सूर्य सूवेदी , रिपोर्टस क्लवका पत्रकार उत्तमराज पन्त , फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।

prabhu mahalaxmi
kumari