अब ब्यालेन्स नभएकाले पनि फोन र फेसबुक सित्तैमा चलाउन सक्ने, आजैबाट लागू हुने

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार
काठमाडौं । लकडाउनको समयमा ब्यालेन्स न्यून भएका नेपाल टेलिकमका ग्राहकले फोनमा निःशुल्क भ्वाइस कल, एसएमएस र डाटा प्रयोग गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाको पहलमा ब्यालेन्स न्यून भएकाहरुले पनि फोन प्रयोग गर्न पाउने भएका हुन् ।
नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएकाहरुले यो सेवा लिन सक्ने छन् । आज राती १२ बजेबाट लागू गरी २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउने छन् ।
कसरी लिने निःशुल्क सेवा ?
सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध हुने छ । नेपाल टेलिकमले प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने छ ।
सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने छ । प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश आउने छ । प्याकेजको अवधि ७ दिनको हुने छ ।
के के सेवा निःशुल्क पाइन्छ ?
२५ वटा अन-नेट एसएमएस
५० मिनेट अन-नेट भ्वाइस
१०० एमबी डाटा