नियन्त्रित लागूऔषध सहित पक्राउ

आर्थिक सञ्जाल
सुनसरी । कोशी गाउँपालिका-५ बस्ने २२ वर्षीय तनवीर आलम मियाँलाई नियन्त्रित लागूऔषध एक सय एमएलको डाईलेक्स डिसी २५ बोतल, स्पास्मो प्रक्सिभन प्लस ७२ क्याप्सुल, नाईट्राभेट २ सय ७० ट्याब्लेट र नगद २१ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी श्रीपुरबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा मियाँलाई फेला पारी जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
मियाँ उपर लागूऔषध शीर्षक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।