stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधानसेनापतिद्बारा दर्ज्यानी चिन्ह प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को २०७७ जेष्ठ १२ गतेको निर्णय अनुसार  श्री वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथीबृन्द तथा अधिकृतहरुलाई आज जेष्ठ १६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

सो समारोहमा प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री वीरेन्द्र अस्पतालका सहायक रथी डा. नगेन्द्र बहादुर के.सी., प्राविधिक सहायक रथी दर्जामा पदोन्नति हुनु भएका सोही अस्पतालका प्राविधिक महा सेनानी डा.  भरत बहादुर भण्डारी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति हुनु भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. सुमनराज डंगोललाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।  साथै, पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा. नगेन्द्र बहादुर के.सी.लाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेको छ भने अन्य रथीबृन्द तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको व्यहोरा जानकारी गराईन्छ ।

 

 

prabhu mahalaxmi
kumari