stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 पुस १३ देखि पोखरा सडक महोत्सवको २४ औं संस्करण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरा सडक महोत्सवको २४ औं संस्करण हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको हो ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको हो ।

पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवर्द्धन उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले ‘सडकमा नै खाऔं सडकमा नै रमाउँ’ भन्ने उद्देश्यले महोत्सव हरेक वर्ष भइरहेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले पोखरा सडक महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस र पोखराका प्रमुख गन्तव्य सहितको डमुमेन्ट्री प्रदर्शन गर्ने बताउनुभयो ।

उहाँले पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास रहेको बताउनुभयो । उहाँले महोत्सवले पोखरा लेकसाइडको मात्रै नभएर समग्र पोखराको पर्यटन प्रवर्द्धन हुने बताउनुभयो ।

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको व्यापारी मन्दीलाई महोत्सवले सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले सडक महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवर्द्धन गर्ने बताउनुभयो ।

prabhu mahalaxmi
kumari