citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ ग्रहण गराउनुभएको हो ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि  ज्येष्ठ  सदस्यले  प्रतिनिधिसभा  सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

himalayan life insurance
igi long