stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फिफाले दियो एन्फालाई पाँच लाख अमेरिकी डलर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ। कोरोना भाइरसका कारण खेलकुदमा पैदा भएको आर्थिक संकटलाई टार्न फिफाले एन्फालाई उक्त रकम सहयोग गर्ने भएको हो।

फिफाले एन्फासँगै विश्वभर फिफामा आबद्ध दुई सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफा राहत कोषबाट सम्पूर्ण सदस्य राष्ट्रलाई एक सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेका छन्।

फिफाले पहिलो चरणमा कोरोनाबाट अति प्रभावित देशको फुटबल संघलाई सहयोग प्रदान गर्नेछ। फिफाले उक्त सहयोग रकम विभिन्न चरणमा प्रदान गर्दै जाने पनि उल्लेख गरेको छ ।

 

prabhu mahalaxmi
kumari