citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव 

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौँ । नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

उक्त अवसरमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले लामो समयावधी अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

साथै अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर ३६औं वार्षिकोत्सव अवसरमा प्रकाशित ‘अस्पताल दर्पण २०७६’ को उहाँले लोकार्पण समेत गर्नुभयो ।

पूर्व प्रहरी तथा बहालवाला प्रहरी र परिवारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक टेक बहादुर तामाङले अस्पतालका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहलाई हस्तान्तरण गर्नुभयो ।

अस्पतालको वार्षिकोत्सवको अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पठाउनु भएको शुभकामना सन्देश प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.सिंहले वाचन गर्नुभएको थियो ।

प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा समेत उच्च जोखिमका बाबजुद प्रहरी अस्पतालका कर्मचारीहरुले सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

हालको संवेदनशील अवस्थामा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी दृढ विश्वास र निस्वार्थ भावना सहित मानवीय सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

gold
kumari bank