stcnepal long ad
ime life insurance
national life
global ime bank long

विग मार्ट बाट प्लास्टिकको चामल विक्री

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार
काठमाडौं । काठमाडौंको टोखा रोडमा रहेको बिग मार्टमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने प्लास्टिकको चामल बिक्रि भईरहेको भेटिएको छ । बिग मार्टको पसलबाट सोनम जिरा मसिना चामलको बोरामा प्लास्टिकको चामल भेटिएको हो । देश कोरोना भाईरसको संक्रमणले आक्रान्त परेको बेला देशकै प्रतिष्ठित मानिने बिग मार्टमा धमाधम प्लास्टिक चामल बिक्रि भईरहेको भेटिएको हो ।
बिग मार्टबाट खरिद गरेको चामल घरमा पकाएपछि गन्ध आएको र भाँडोबाट निकालेर डल्लोलाई भुँईमा फाल्दा भलिबल झै उफ्रिएपछि शंका लागेर प्रहरीलाई खबर गरेको उपभोक्ता राजन ठगुन्नाले आर्थिक सञ्जाल डटकमलाई जानकारी दिएका छन् ।
त्यस्तै एक जना प्रहरीले पनि आफ्नो घरमा पकाएको चामल पनि त्यस्तै रहेको बताएका छन् । अहिले प्रहरीले प्लास्टिकको चामलको गोदाम नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्लास्टिकको चामल भए नभएको पत्ता लगाउन ल्याबमा पठाउने तयारी गरेको छ । यो बिषयमा बिगमार्ट टोखाका म्यानेजर बिशाल राईलाई सोध्दा कुनै जानकारी नभएको बताएका छन् ।
उनले भने, हामीलाई यो बिषयमा जानकारी नै छैन । हामीले प्याकिङ गरिएको चामल खरिद गर्ने हो । चामल कस्तो भन्ने बिषयमा आफुलाई जानकारी नहुने बताए ।
अहिले काठमाडौंमा प्लास्टिकको चामल, अण्डा र कालो दाल भेटिएको भन्ने हल्ला सुनिदै आएको छ । तर प्लास्टिकको अण्डा र दाल भने पुष्टि नभएको खाध प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
prabhu mahalaxmi
kumari