मेरियट होटलले अतिथीहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्दै स्नेह र आशाको दीप बाल्यो

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार
काठमाडौं । नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घण्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसा स्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ ।
नेपाल सरकारको निर्देशन अनुशरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो गरिरहेको छ । होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामा उपायहरुको बारेमा पोस्टर र साइन बोर्डहरु राखिएको छ जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिदँै आइरहेको छ । होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ । कर्मचारीहरुलाई पनि अतिथीहरु कम्तीमा ३ फिटको दुरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् ।
ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको छ ।
एकसाथ हामी अझ मजबुत हुनेछौं । सुरक्षित रहनुहोस्, स्वास्थ रहनुहोस् ।