stcnepal long ad
global ime bank long

बिरामीको उपचार गर्न अटेर गर्ने अस्पतालहरुलाई कारवाही गर्ने सरकारको चेतावनी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौँ । विशेष गरी निजी अस्पतालहरुले पछिल्ला दिनमा बिरामीको उपचार गर्न अटेर गरेको व्यापक गुनासो बढेपछि यस्ता अस्पतालहरुलाई कारवाही गर्ने सरकारले चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले ज्वरो आएर अस्पताल पुगेका बिरामीहरुलाई चेकजाँच नै नगरी फर्काएर सास्ती दिएको गुनासो बढेपछि सरकारले त्यस्ता अस्पताललाई कडा कारवाहीको चेतावनी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले आफ्नो हटलाइन नम्बरमा सामान्य बिरामी भएर अस्पताल जाँदा कोरोनाको आशंकामा उपचार नगरी फर्काउने गरेको उजुरी निकै आउने गरेको जनाएको छ । सामाजिक सञ्जालमा पनि त्यस्ता अस्पतालहरुको चर्को आलोचना भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाइरसका लागि सरकारले तोकेका अस्पतालले बिरामी लिन्न भन्न पाउँदैनन् । त्यस्ता अस्पतालले अनिवार्यरुपमा ज्वरो क्लिनिक राखेर बिरामीको थ्रोट स्वाब परीक्षणका लागि टेकु स्थित प्रयोगशालामा पठाउनु पर्छ।

आकस्मिक कक्षमा आएका बिरामी र ज्वरोका बिरामी त्यस्ता अस्पतालको अनिवार्य दायित्व भएको भन्दै उनले सरकारले कोभिड १९ का लागि तोकेका बाहेक अन्य अस्पतालले पनि बिरामी आइहाले फर्काउन नमिल्ने बताएका छन् ।

अहिलेको संकटमा निजी र सामुदायिक अस्पतालले समेत ज्वरोका बिरामी आउँदा फिर्ता गर्न नमिल्ने भन्दै देवकोटाले यदि फिर्ता गरिए कडा कारवाही हुने बताएका छन् ।

IME Lifesidebar
kumari