stcnepal long ad
ime life insurance
global ime bank long

‘प्रभु पे’ वालेटबाट घरमै बसेर लिनुस् रेमिट्यान्स भुक्तानी लगायतका सुविधा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौँ । हामी लकडाउनमा छौँ । अरू समस्याका अलावा वित्तीय कारोबारको समस्या प्रमुख कठिनाइ बनेको छ । तर, प्रभु ग्रुपले सञ्चालनमा ल्याएको ‘प्रभु पे’ भने अहिले धेरै समस्या समाधानको साझा साधन बनेको छ ।

राष्ट्र बैङ्कमा रेमिट्यान्स भुक्तानीको समस्या अत्यधिक भएको गुनासो आएको छ । तर ‘प्रभु पे’का सिइओ खुशल रेग्मी भन्छन्, “यो अवस्थालाई मध्यनजर गरेर हामीले त्यो समस्याको समाधान दिएका छौँ । विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ ।” उनले अगाडि थपे, “अरू यस्तै डिजिटल वालेट र पेमेन्ट गेट वे प्रयोग गर्दा ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । तर ‘प्रभु पे’ ले भने बिना शुल्क यी सुविधा ग्राहकलाई दिएको छ ।

हुन पनि ‘प्रभु पे’ नामक डिजिटल वालेटलाई सुविधै सुविधाको पुञ्ज भन्दा समेत फरक नपर्ने देखिन्छ । अहिलेको विषम परिस्थितिमा यो यति सहयोगी छ की उक्त वालेटबाट घरमै बसी बसी सबै प्रकारका भुक्तानीहरू गर्न मिल्छ ।

सामान्य सेवाहरू जस्तै मोबाइलको रिचार्ज गर्ने देखि खानेपानी, बिजुली बत्ती, इन्टरनेट, टिभीहरुका बिलहरु घरमै बसेर यो वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ ।

यसमा उल्लेखनीय कुरा यो पनि छ की अन्य वालेटहरुको जस्तो यी सेवा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । सिइओ रेग्मीका अनुसार प्रभु ग्रुपले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै सबै सेवा निःशुल्क प्रयोग गर्न दिएको हो ।

रेग्मी भन्छन्, “हुन त सबै वालेटमा हुने फिचर उस्तै उस्तै हुन् । तर हाम्रो विशेषता के हो भने हामी रेमिट्यान्सलाई समेत सिधै वालेटमा राख्न सक्छौँ र आवश्यकता अनुसार त्यहीँबाट बैङ्क खातामा पठाउने सुविधा समेत दिएका छौँ ।” अहिले सबै बैंकहरु बन्द छन् । रेमिट्यान्स भुक्तानी गर्ने काउन्टरहरू कहिले खुल्ने हुन् थाहा छैन ।

त्यसैले घर खर्च चलाउन विदेशमा रहेका आफन्तजनले पठाएको रेमिट्यान्सले दिएको कोड नम्बर बोकेर भौँतारिनु पर्ने बाध्यताबाट ‘प्रभु पे’ले मुक्त पारेको छ ।

त्यसै पनि कोरोना संक्रमणको जोखिमलाई हेरेर अहिले नगद कारोबार गर्न उपयुक्त हुँदैन । नोटहरु मार्फत समेत कोरोना भाइरस फैलने विभिन्न अध्यायनहरुले देखाएको अवस्थामा डिजिटल वालेटको प्रयोग सुरक्षित र भरपर्दो समेत हुनेमा सिइओ रेग्मीले जोड दिएका छन् । ‘प्रभु पे’ मार्फत बैङ्क खाता नहुनेहरुले यदि आफ्नो कारोबार कुनै सहकारीमा रहेका भए त्यसमा समेत रकम स्थानान्तरण गर्न सकिने रेग्मीको भनाइ छ ।

prabhu mahalaxmi
kumari