stcnepal long ad
global ime bank long

अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ   

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

सुर्खेत ।   बीरेन्द्रनगर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ करिब ४ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु  रोशन थापा र प्रेमश्वर कार्की रहेका छन् । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरी स्कुटर चालक थापा र स्कुटरमा सवार कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari