stcnepal long ad
ime life insurance
national life
global ime bank long

रथी हमाल अवकास: राणाको बढुवा हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । २०७८ असोज २५ गतेबाट नेपाली सेनाको रथी पद रिक्त भएको छ । युएन फोर्स कमाण्डरमा कार्यरत रथी ईश्वर हमालले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास प्राप्त गरेको कारण नेपाली सेनामा एक रथी पद रिक्त हुन गएको छ ।

सिरियाको गोलन हाइटस्थित संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा फोर्स कमान्डर रहेका रथी ईश्‍वर हमाल नेपाली सेनाको रथी पदबाट अवकास भएता पनि नियम अनुसार अझै एक वर्षसम्म युएन फोर्स कमाण्डरको पदमा कायम रहने छन्।

सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालका अनुसार रथी ईश्‍वर हमाल नेपालमा अवकास भए पनि युएन फोर्स कमाण्डरको उही पदलाई निरन्‍तरता दिने नेपाल सरकारको नियम भएकाले युएन शान्ति मिशनको फोर्स कमाण्डरमा तोकिएको अवधिभर कायम रहि रहने छन् ।

रथी ईश्वर हमालको अवकास पछि रिक्त रहेको नेपाली सेनाको रथी पदका लागि वरिष्ठ उपरथी सरोज प्रताप राणा र अनन्त कार्की लाइनमा रहेका छन् । तर, उपरथी राणाको पदोन्नतिका लागि अहिलेसम्म बढुवा प्रकृया अगाडि बढेको छैन ।

रथीमा बढुवाका लागि रक्षा मन्त्रालय मार्फत नेपाल सरकार समक्ष सिफारिस गर्नका लागि नेपाली सेनाले सात दिने ‘दावीविरोध’ सूचना प्रकाशित गर्ने नियम रहेको छ । २५ बेसिकका सरोज प्रताप राणाको रथीमा पदोन्नति भएमा उनले २०८० भदौ सम्म जागिर खाएर उमेर हदका कारण अनिवार्य अवकास हुनेछन् ।

२४ बेसिकका हालका रथी बालकृष्ण कार्की पनि उमेर हदका कारण २०७९ भदौमा अनिवार्य अवकास हुने लाइनमा रहेको सैनिक स्रोतले बताएको छ ।

२०७८ सालमा रथीमा बढुवा भएका र हुने जर्नेलहरूका लागि प्रधानसेनापति बन्ने अवसर प्राप्त हुने अवस्था छैन । हालका रथी बालकृष्ण कार्की २०७९ भदौमा रथीबाट अवकास भएपछि त्यस स्थानमा नियुक्त हुने रथीले भने २०८१ भदौमा नेपाली सेनाको प्रधानसेनापति बन्ने अवसर प्राप्त गर्नेछन् ।

IME Lifesidebar
kumari