stcnepal long ad
ime life insurance
national life
global ime bank long

आफ्ना शेयरधनीलाई आइसिएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८ सय रुपैयाँको १० प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै वितरण हुनेछ ।

No description available.

IME Lifesidebar
kumari