citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

यस्ता व्यवसायमा सफलता पाइन्

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । कोही पनि व्यक्ति व्यवसाय सुरु गर्नुअघि नाफा नोक्सानको बिषयमा बढी सोच्ने गर्दछ । कतिपय अवस्थामा गलत व्यवसाय र रणनीति अपनाउँदा मानिसलाई घाटा सहनुपर्ने हुन्छ । विजिनेश सफल बनाउन कयौं चिजहरुको जरुरी हुन्छ, तर तीमध्ये पनि सबैभन्दा जरुरी कुरा हो उपयुक्त बिजिनेशको छनौट ।

आज हामी तपाईलाई यस्तै १० उपयुक्त विजिनेश आइडियाको बिषयमा बताउन गइरहेका छौं, कम लागत,कम मेहनतले पर्ने र सफलताको दर अन्य विजिनेशको तुलनामा निकै धेरै छ । तपाई पनि यी विजिनेश गरेर महिनाको लाखौं रुपैयाँ कमाउन सक्नुहुन्छ ।

१. रेष्टुरेन्ट व्यवसाय

रेष्टुरेन्ट विजिनेश विश्वकै सबैभन्दा सफल विजिनेश मानिन्छ । म्याकडोनाल्ड, डोमिनो र केएफसी यस्तै रेष्टुरेन्टको चेन हो, जसले आफ्नो फास्टफूडको दुनियाँभर विजिनेश गरिरहेका छन् । यदि तपाईको इन्ट्रेस्ट खाना बनाउनेमा छ भने तपाईले यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ ।

तर, सबैभन्दा जरुरी कुरा जुन इलाकामा तपाई आफ्नो रेष्टुरेन्ट खोल्न गइरहनु भएको छ, त्यहाँको आवश्यकताको हिसाबले आफ्नो मेन्यू तयार गर्नुपर्छ । कतिपय ठाउँमा मानिस फास्टफूड मन पराउँछन् भने कतिपय मानिसहरु खाना तथा खाजाका अन्य परिकार तथा आइटम । यी कुराहरुलाई विचार गरेर मात्र आफ्नो विजिनेश सुरु गर्न सकिन्छ ।

२. रिक्रूटमेन्ट फर्म

नेपालमा पछिल्लो समय रिक्रूटमेन्ट फर्म निकै चल्न थालेको छ । यस्ता फर्महरुले विभिन्न कम्पनी तथा उद्योगहरुलाई आवश्यक कामदारको आपूर्ति गर्ने काम गर्छन् । बेरोजगारलाई रोजगारदाताको सम्पर्कमा पुर्याउने र रोजगारदातालाई आवश्यक जनशक्ति पूर्ति गर्ने काम यस्ता फर्महरुबाट गर्न सकिन्छ ।

यो काम तपाईले अनलाइन र अफलाइन दुवै माध्यमबाट गर्न सक्नुहुन्छ । कतिपय यस्ता फर्महरुसँग समेत टाइअप गरेर समेत तपाईले आफ्नो विजिनेश बढाउन सक्नुहुन्छ । नेपालमा रोजगार पसल लगायतका नामबाट यस्ता फर्म संचालनमा छन् ।

३. गिफ्ट स्टोर

नेपालमा हरेक ठूला चाडपर्व, मानिसको जन्मदिन तथा अन्य उत्सव र महोत्सवहरुमा गिफ्ट दिने चलन जीवनशैली बन्दै गएको छ । यस्ता अवसरमा आवश्यक गिफ्ट स्टोरका लागि निकै कम लगानी लाग्छ । यो काम तपाईले घरमै बसी–बसी पनि गर्न सक्नुहुन्छ ।

यो कामका लागि हिजोआज तपाईले अनलाइनको समेत साहारा लिनुपर्ने हुन्छ । आफ्नो प्रोडक्ट्सलाई तपाईले विभिन्न सपिङ अनलाइनसँग टाइअप गरेर समेत बिक्रीका लागि राख्न सक्नुहुन्छ । यसका लागि सामान्य औपचारिकता मात्र पूरा गर्नुपर्छ ।

४. वेडिङ प्लानिङ एण्ड क्याटरिङ

नेपालकै पनि कतिपय ठूला व्यवसायीहरु वेडिङ प्लानिङ एण्ड क्याटरिङको विजिनेश गरेर मालामाल बनिरहेका छन् । यदि तपाई क्रियटिभ हुनुहुन्छ र एकै समयमै धेरै जिम्मेवारी पूरा गर्ने सामर्थ्य छ भने तपाईका लागि वेडिङ प्लानिङको विजिनेश निकै उपयुक्त हुन्छ ।

यो एक चुनौतिपूर्ण विजिनेश हो, जसका लागि व्यवस्थापकीय क्षमता हुन चाहिन्छ । विवाह एक लाइफटाइम इभेन्ट हुन्छ, यस्ता इभेन्टमा मानिस खुलेरै पैसा खर्च गर्छन् । विवाहलाई सफल र यादगार बनाउनका लागि मानिस यस्ता इभेन्टमा खुलेरै खर्च गर्छ ।

५. कोचिङ क्लास

पहिलाको समयमा मानिस शोकको हिसाबले पढाउने काम गर्दथे । तर, पढाउने कुरा अब एउटा ठूलै उद्योग भइसकेको छ । जागिरको तयारी र स्कूलको पढाईमा सहयोगका लागि अभिभावकले आफ्ना बालबच्चामाथि लाखौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।

काठमाडौं लगायतका शहरमा कोचिङ क्लास संचालनको विजिनेश निकै फस्टाएको छ । देशका हरेक शहरमा यस्ता कोचिङ क्लासको आवश्यक हुन्छ ।

यदि तपाईको साथमा पढाउने स्थान छैन भने होम ट्यूसनको क्लास समेत लिन सक्नुहुन्छ । यसका लागि धेरै भुक्तानी पनि हुन्छ । राम्रो विषयका लागि शिक्षकलाई राम्रो रकम तिर्न विद्यार्थी तयार हुन्छन् ।

६. सामान्य नमकीन र नास्ताको पसल

मानिसले चिया नै बेचेर पनि लाखौं कमाइरहेका हुन्छन् । यसको एउटा उदाहरण कफी डे सपको व्यवसाय गर्नु पनि हो । ठूला शहरहरुमा कफी नै बिक्री गरेर पनि मानिसले लाखौं कमाइरहेका छन् । चिया,नास्ता,समोसा,मिठाई पसल व्यवसाय ठूलो रुपमा गर्न सक्नुहुन्न भने सानो पूँजीबाट समेत सुरुवात गर्न सक्नुहुन्छ ।

हिजोआज पतिपत्नी दुवै कामकाजी हुन्छन्, बिहान भएपछि नास्ता आफैं बनाउनको साटो बनिबनाउ नास्ता मगाउन मन पराउँछन् ।

७. टुरिस्ट गाइड तथा ट्राभल प्लानर

यो एउटा निकै राम्रो विजिनेश आइडिया पनि हो । यसका लागि तपाईमा भौगोलिक अवस्थाको बिषयमा राम्रो ज्ञान हुन आवश्यक छ । हिजोआज आम्दानी राम्रो हुन थालेपछि मानिसहरु घुमफिरमा खर्च गर्न थालेका छन् ।

यसका लागि तपाईले चलेको टुरिस्ट अनलाइन वा ट्राभल एजेन्सीको फ्रेञ्चाइजी पनि लिएर काम सुरुवात गर्न सक्नुहुन्छ । यस्ताको फ्रेञ्चाइजी लिंदा तपाईलाई आफ्नै कार्यालयको समेत आवश्यकता परिरहँदैन ।

८. स्मार्टफोन बिक्री तथा मर्मत केन्द्र

यदि तपाईलाई स्मार्टफोनको मर्मत गर्न आउँछ भने तपाईले अझ बढी कमाउन सक्नुहुन्छ । यसको साथमा तपाईले ल्यापटप र कम्प्युटर मर्मतको काम समेत गर्न सक्नुहुन्छ ।

देशमा स्मार्टफोन प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको छ । नेपालमा दैनिक हजारौं स्मार्टफोन बिक्री हुने गर्छ । उति नै संख्यामा फोन मर्मतका लागि आइरहेको हुन्छ ।

९. इभेन्ट म्यानेजमेन्ट

इभेन्ट म्यानेजमेन्टको विजिनेश देशमा अहिले खूबै फस्टाएको छ । शहरी क्षेत्रमा यो विजिनेश अझ बढी फस्टाएको छ । यो काम भनेको दोश्रो कम्पनीको इभेन्ट पूरा गर्न सहयोगी भूमिका निभाउने हो । कतिपय धेरै ठूला कम्पनी आफ्ना इभेन्ट पूरा गर्नका लागि इभेन्टमेन्ट म्यानेजमेन्ट कम्पनीको साहारा लिने गर्छन ।

यस्तो अवस्थामा इभेन्ट सम्पन्न गराउने पूरा जिम्मेवारी इभेन्ट म्यानेजमेन्ट कम्पनीको हुन्छ । यसका लागि यस्तो कम्पनीलाई एक राम्रो पैसा मिल्छ ।

१०. कन्सल्टेन्सी र कन्ट्रयाक्टिङ

विश्वभर हिजोआज कन्सल्टेन्ट र कन्ट्रयाक्टर्सको आवश्यकता बढिरहेको छ । कम्पनीहरुले यस्ता कन्सल्टेन्टहरुलाई राम्रो तलबको अफर गरिरहेका हुन्छन
इञ्जिनियरिङ, मार्केटिङ र साइन्टिफिक रिसर्चमा कन्सल्टेन्टको धेरै आवश्यक हुन्छ । तपाईले आफ्नो फर्म खोलेर आफ्नो साथमा कयौं कन्सल्टेन्टलाई जोड्न सक्नुहुन्छ । यस्ता कन्सल्टेन्टहरुलाई तपाईले कमिसनको आधारमा विभिन्न कम्पनीहरुमा पठाउनु पर्ने हुन्छ ।

himalayan life insurance
igi long