Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

मालढुंगा– रिडि सडक करिडोर सडक हस्तान्तरण

civilbank long ad

काठमाडौ । दश मिटर चौडाइको बागलुङको मालढुंगा– रिडि सडकको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडीखण्ड सडक नेपाली सेनाले ट्रयाक खनि फराकिलो पारि कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा(रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको छ । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४।५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले जानकारी दिएको छ ।

बागलुङको उत्तरपुर्वी क्षेत्र बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतिको काम सकेको जनाएको छ ।

यस खण्डको एक समारोहबीच नेपाली सेनाका प्राविधिक सह(सेनानी शालिग्राम नेपालले सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयर नवराज बाँस्तोलालाई हस्तान्तरण गरेका छन् ।

मालढुङ्गा– रिडि ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुङ्गा(बलेवा विमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो । गुल्मी खण्डको २७ किलोमिटर सडकसमेत हस्तान्तरण भैसकेको छ ।

एक अर्ब ८६ करोड रुपैयाँ बजेट सेनाले करिडोर स्तरोन्नति गरेको छ । बागलुङ–गुल्मी खण्डको २०७० सालमा नेपाली सेनाले जिम्मेवारी लिएर काम गरेको थियो । आ.व २०७४/७५ मा ट्रयाक खोल्ने काम सम्पन्न भएपछि यो आयोजनाले स्तरोन्नतीको लागि २०७५ सालमा जिम्मा लिएको थियो । सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरेको सेनाका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले जानकारी दिएका छन् ।

यस खण्डमा पाँच वटा बेलिब्रिजसहितका संरचना बनेका छन् । सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाको जिम्मामा आएको सडकलाई तत्काल वातावरणीय परीक्षण गरेर विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार गरिने आयोजना प्रमुख सुवोधकुमार देवकोटाले बताएका छन् ।

तीन महिनामा डिपीआर गरेर बाँकी तीन महिनामा आइई सक्ने योजना छ। कालोपत्रेको लागि योजना माग गरिने भएको छ। एक करोड रुपैयाँ बजेट आगामी आर्थिक वर्षमा डिपीआर र आइईको लागि विनियोजन भएको छ।

आगामी अढाई वर्षमा यो सडक कालोपत्रे गर्ने योजना छ। सडक हस्तान्तरण भएसँगै अब कालोपत्रको काम शुरु हुने कुरामा स्थानीयवासी आशावादी छन् । स्तरोन्नतिपछि हस्तान्तरण गरेको सेनाको निर्माण कार्यदलले हर्मिचौरमा रहेको क्याम्पले आउँदो असोजसम्म सडकमा हुने क्षतिको मर्मत गर्ने जिम्मेवारी समेत लिएको सेनाले जनाएको छ ।


२६ असार २०७८, शनिवार १६:४२ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad