stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विश्व प्रसिद्ध फुटबलर मेसीका लागि ‘कोपा अमेरिका’ फाइनल खेल जिवनकै महत्वपूर्ण ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

क्यालिफोर्निया, अमेरिका । फुटबल खेलको इतिहासमा सवैभन्दा बढी पॉच पटकको विश्वकप उपाधी विजेता ब्राजील अमेरिकी समय अनुसार शनिवार बिहान कोपा अमेरिकाकपको फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ ।

कोभिड–१९ को महामारीका कारण विनादर्शक जारी प्रतियोगिताको फाइनल खेललाई अन्तर्राष्ट्रीय संचार माध्यमहरूले दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाका महान फुटबलर तथा वर्तमान समयका संसारकै प्रसिद्ध खेलाडी लियोनल मेसी र ब्राजिलियन स्टार नेयमार बीचको भिडन्तको रूपमा समेत ब्याख्या गरिरहेका छन् ।

तुलनात्मक रूपमा सुरूवाती चरणमा युरोकपभन्दा कमै मात्रामा प्रचारप्रसार भएको कोपा अमेरिकाको फाइनलमा विश्व फुटबलका यी दुई महारथीबीचको भेटले प्रतियोगिताको रौनक बढ्नुका साथै विश्वभरी नै चर्चा र चासो समेत चुलिएको छ ।

यता व्यावसायिक खेलजिवनमा विश्वकै सफल खेलाडी मानिएका मेसीले भनेका छन्,‘आफू फुटबल करियरकै सवैभन्दा महत्वपूर्ण उपलब्धि नजिक रहेको र फाइनलमा ब्राजिललाई पराजित गरी देशका लागि उपाधि उचाल्दै इतिहास रच्ने आफ्नो लक्ष्य रहेको छ ।’

अर्जेन्टिनामै सवैभन्दा बढी रकम राज्यलाई कर तिर्ने खेलाडीको रूपमा परिचित ३३ वर्षिय मेसीले सन् २०१४ को विश्वकपको फाइनलमा १–० को झिनो अन्तरले जर्मनीसंग हार ब्यहोर्नु परेको उही ब्राजिलियन ग्राउण्डमा अबको केही घण्टापछि कोपा अमेरिका कपको फाइनल खेल्दैछन् ।

देशका लागि अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रीय उपाधि दिलाउन नसकेका अर्जेन्टिनाका यी महान फुटबलर मेसीले तीनपटक कोपा अमेरिका र एकचोटी विश्वकपको फाइनलमा आफूलाई उतारिसकेका छन् । अर्जेन्टिनाले सन् १९९३ यता कुनैपनि अन्तर्राष्ट्रीय प्रतियोगितामा सफलता प्राप्त गर्नसकेको छैन ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल एरिनामा अत्यधिक आकर्षक र प्रतिक्षित खेलाडी मेसीका लागि कोपा अमेरिकापछि कतार विश्वकप नै अन्तिम अन्तर्राष्ट्रीय प्रतियोगिता हुनसक्ने विभिन्न संचारमाध्यमहरूको विश्लेषण छ ।

यता ब्राजिलियन स्टार नेयमार भने घरेलु मैदानमा जारी कोपा अमेरिका कपको फाइनलमा चिर–परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई पाएकोमा निकै दंग छन् । प्रतियोगिताको अन्तिम खेल मेसीको टिमसंग खेल्ने आफ्नो अपेक्षा पुरा भएको बताउदै उपाधि प्राप्तीका लागि ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्ने कुरा समेत उल्लेख गरेका छन् ।

नौ पटकको कोपा अमेरिका विजेता ब्राजिल पेरूलाई १–० ले पराजित गरी फाइनल प्रवेश गरेको हो भने पेनाल्टी सुट आउटमा कोलम्बियालाई पाखा लगाउदै ब्राजिलसंगको अन्तिम भेट पक्का गरेको अर्जेन्टिना भने १५ औं पटक उपाधि हात पार्न चहान्छ ।

prabhu mahalaxmi
kumari