३४ ओैं अख्तियार दिवशका अवसरमा राष्ट्रपति पौडेलद्वारा सुशासन पुरस्कार प्रदान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट / रासस
काठमाडौं । ‘भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी,सुशासन प्रवर्धनमा सबैको जिम्मेवारी. भन्ने नाराका साथ आज माघ २८ गते ३४ ओैं अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि रहेका राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारका प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ।
त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्नुपर्ने बताएका छन । उनले ‘सत्ता, शक्ति प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्धति र जिम्मेवारीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ लैजान्छ । सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको छ ।
भ्रष्टाचारका प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ । त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ ’भनेका छन।
त्यस्तै राष्ट्रपति पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने धारणा राखेका छन । सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता र पारदर्शितालाई मूल मन्त्र बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।
राष्ट्रपति पौडेलले ‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैन । नागरिकको जीवस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार निष्पक्षता पारदर्शितालाई मूल मन्त्र बनाएर काम गर्नुपर्छ ।
यसमा नीति पद्धति विधि र प्रवृत्तिलाई सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता होू भनेका छन ।
राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै ‘यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु । भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ ।’ भनेका छन।
यस्तै राष्ट्रपति पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताएका छन ।
त्यसैगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नागरिक सबै परिवर्तनको संवाहक र सरकार त्यसको नेतृत्वकर्ता भएको कारण नागरिक तहबाट आएको चासो र सरोकारलाई सम्बोधन गरी मुलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपाल सरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन। उनले ‘नागरिक परिवर्तनको संवाहक हो भने सरकार नेतृत्वकर्ता हो ।
त्यसैले नागरिक तहबाट आएको नागरिक तहबाट आइरहेको चासो र सरोकारलाई सम्बोधन गरी मुलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपाल सरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक छ ।साथै आयोगले सुशासन प्रवर्द्धन गरी भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न रणनीतिकासाथ सकारात्मक पहल कदमी लिएको छ ।’ भनेका छन।
सो अवसरमा राष्ट्रपति पौडेलले अख्तियारको स्मारिका लोकार्पण गरेका थिए। साथै सुशासन प्रवर्धनमा योगदान दिने समचार संस्था,पत्रकार र लेखकलाई पुरस्कार सहित सम्मान गरिएको छ। त्यस्तै उत्कृष्ट अनुसन्धान गर्ने कर्मचारीलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा नेपाल समाचारपत्र दैनिक र त्यसका सम्पादक सागर पण्डित, नेपाल प्रेस अनलाइन, नागरिक दैनिकका प्रतिनिधि टपेन्द्र कार्की, नयाँ पत्रिकाका प्रतिनिधि नवराज मैनाली, कान्तिपुर टेलिभिजनका प्रतिनिधि रमेश धमला र खोटाङ पत्रकार सविना अछामेलाई नगद सहित पुरस्कृत गरिएको छ।
साथै पत्रकार तथा सुदर्शन आचार्य पनि पुरस्कृत भएका छन। भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा निरन्तर समाचार सम्प्रेषण तथा खोज अनुसन्धान र लेख रचना प्रकाशन गरेकोमा कदर स्वरुप ३५ हजार नगद पुरस्कार र सम्मान सहित अख्तियारले पुरस्कृत गरेको हो ।
राष्ट्रपतिबाट अख्तियारका उत्कृष्ट अनुसन्धानकर्ता कर्मचारी उपसचिव विष्णुराज बेल्वासे, प्रहरी नायव उपरीक्षक कमल कुमार खडका र नापी अधिकृत रूविना शाहीलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ।
अख्तियारको ३४ औं स्थापना दिवसका अवसरमा सोमवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख देवराज घिमिरेले सुशासन पुरस्कार तथा कदरपत्र प्रदान गरेका छन ।
पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याए वाफत् अवार्ड प्रदान गरिएको अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन ।
अख्तियारले समाचार संस्था र पत्रकारहरूलाई सुशासन पुरस्कार प्रदान गरेर भ्रष्टाचार विरुद्ध कलम चलाउन अझ प्रेरणा दिएको र तथ्य अन्वेषण गरेर सत्य सम्प्रेषण गर्न अझ सशक्त र जिम्मेवार ढंगले अघि बढ्ने प्रोत्साहन गरेको पुरस्कृत पत्रकारहरूले बताएका छन।


























