citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा

चुक्ता पुँजीभन्दा जगेडा कोष ४.२४ गुणा बढी

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा १.२५ प्रतिशत कम हो । गत वर्ष यस कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको व्यापार ६ अर्ब ६९ करोडबाट घटेर ४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । यता, बिक्री लागत ६ अर्ब १३ करोडबाट घटेर ४ अर्ब २९ करोड १२ लाख रुपैयाँमा झरेको छ । आम्दानीसँगै खर्च पनि घटेको छ ।

यस कम्पनीको  कर्मचारी खर्च १७ करोड ५० लाखबाट घटेर  १५ करोड ९९ लाख  रुपैयाँमा झरको छ । त्यस्तै, प्रशासनिक खर्च पनि १० करोड ३८ लाखबाट घटेर ७ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, ब्याज खर्च पनि २२ करोड ६४ लाखबाट घटेर २ करोड ८८ लाखमा झेरेको छ । आम्दानीसँगै खर्च पनि घट्दा नाफामा झिनो गिरावट देखिएको हो ।

चुक्ता पुँजी ३२ करोड ७ लाख १६ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड जम्मा छ । चुक्ता पुँजीभन्दा जगेडा कोष ४.२४ गुणा बढी छ । प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ (वार्षिकीकरण) रहेको छ । प्रतिसेयर नेटवर्थ ३८४.३० रुपैयाँ छ ।

gold
himalayan life insurance long ad
kumari bank