stcnepal long ad
global ime bank long

साना किसानको नाफा ४३ करोड ५० लाख ९४ हजार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार
काठमाडौँ ।साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा २५.७५% ले बढी हो । गत वर्ष यस कम्पनीले ३४ करोड ५९ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी २१.५५% ले बढेर ७९ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २०.७५% ले बढेर ६५ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । यी दुवैमा सुधार आउँदा समग्र खुद नाफा बढ्न सहयोग पुगेको हो ।
चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ८६ करोड १४ लाख १६ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा साना किसानको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ रहेको छ । यसकाो प्रतिसेयर नेटवर्थ २८६ रुपैयाँ १० पैसा रहेको छ ।
IME Lifesidebar
kumari