citizens life insurance long ad
stcnepal long ad

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था पहिलो त्रैमासमा घाटामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटा बेहोरेको छ।

अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तले २ करोड ७९ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यो लघुवित्तले ५ करोड ५३ लाख नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर २८ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ। त्यस्तै, सञ्चालन नाफा ३ करोड ७ लाख रुपैयाँ ऋणात्मक भएको छ।

निष्क्रिय कर्जा पनि अत्यधिक मात्रामा बढेको छ। गत आर्थिक वर्ष १५.७० प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर २१.७३ प्रतिशत पुगेको छ। खराब कर्जा बापत यो लघुवित्तले १० करोड २७ लाख प्रोभिजनिङ गर्नुपरेको छ।

IME Life
kumari