stcnepal long ad
ime life insurance
national life
global ime bank long

एसबीआई बैंकको वितरण योग्य नाफा खस्कियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल एसबीआई बैंकको नाफा १०.१४% ले घटेर १ अर्ब ४३ करोड ८२ लाख १० हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष यसले १ अर्ब ६० करोड ६ लाख४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म बैंकको वितरण योग्य नाफा पनि उल्लेख्य रुपमा घटेको छ । वितरण योग्य नाफा ९१.१४% ले घटेर १० करोड ४३ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब १७ करोड ८३ लाख ७५ हजार रुपैयाँ थियो । बैंकको रिजर्भ कोषमा भने सुधार देखिएको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६.४७% र ७% ले घटेको छ । यसअवधिमा एसबीआइले ३ अर्ब १३ करोड ९८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, सञ्चालन नाफा २ अर्ब ४ करोड ९१ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८५ पैसाले घटेर २१ रुपैयाँ ४१ पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ६८ पैसा छ । बेस रेट ९.८६% छ ।
IME Lifesidebar
kumari