stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखालाई ३ सय वाेतल स्यानिटाइजर हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार 

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखालाई  करिब ३ सय वाेतल ह्यण्ड स्यानिटाइजर कालिका साेप एण्ड केमिकलले शाखा परिसर भृकुटीमण्डपमा हस्तान्तरण गरेको छ।

काेराेना संक्रमणको जाेखिमलाई ख्याल गरि पहिलो घेरामा बसेर समाचार सङ्कल गर्ने पत्रकारहरुलाई केही मात्रामा भएपनि स्वास्थ्य सुरक्षा हाेस भनेर कालिका साेपका प्रतिनिधिले नेपाल पत्रकार महासङ्घ काठमाडौंका उपाध्यक्ष सुर्य सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेको हाे।

प्राप्त सामाग्री पहिलो घेरामा रहेर समाचार सङ्कलन गर्ने पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्ने शाखा उपाध्यक्ष सुर्य सुवेदीले बताए ।
उपाध्यक्ष सुवेदीले काेराेना संक्रमणको मौका छोपी विभिन्न मिडियामा कार्यरत पत्रकार हरुलाई कामबाट निकाल्ने,बेतलबी बस्न लगाउने जस्ता सुचना आएकाले त्यसाे नगर्न र श्रमजीवी पत्रकारको साथमा रहन सम्बन्धित मिडियालाई आग्रह गरे।

उपाध्यक्ष सुवेदीले संकटको घडीमा दाताबाट प्राप्त खाद्यान्न लगाएतका सामाग्री करिब २५० भन्दा बढी पत्रकारलाई सहयोग गरेको र अरु पत्रकारलाई पनि अफ्ठ्याराे परेको खण्डमा सहयोग गर्न शाखा तयार रहेकाे छ।

IME Lifesidebar
kumari