stcnepal long ad
global ime bank long

स्वावलम्बन लघुवित्तको नाफा ३० करोड भन्दा बढी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार
काठमाडौँ । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३० करोड २७ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्ष भन्दा ६.०४% ले बढी हो । गत वर्ष यसले २८ करोड ५५ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.७०% र ७.३५% ले बढेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो ।

गत वर्ष ७६ करोड ९० लाख २४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष ८१ करोड २८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन नाफा ४४ करोड ७५ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

गत वर्ष ०.९२% रहेको खराब कर्जा यस वर्ष बढेर १.७०% पुगेको छ । जगेडा कोष ३३.२०% ले बढेर १ अर्ब ३१ करोड ६० लाख ३ हजार रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५० रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ०८ पैसा छ ।
IME Lifesidebar
kumari