stcnepal long ad
global ime bank long

उदयपुर सिमेन्ट रु. ४० करोडभन्दा बढि घाटामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार

उदयपुर, । लकडाउन सुरु भएसँगै बन्द गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड छिटो सञ्चालन गर्नुपर्ने जिल्लाबासी, मजदुर र कर्मचारीले माग गरेका छन् ।

लकडाउन केही खुकुलो गरेसँगै विकास निर्माणका काम सुचारु हुन थालेपछि सिमेन्ट अभाव हुन नदिन पनि उद्योग तत्काल सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ । महाप्रबन्धक (जिएम) नवलकिशोर साह पनि आउँदो दुई–अढाइ महिना सिमेन्ट अत्यधिक बिक्री हुने सिजन भएकाले जतिसक्दो चाँडो उत्पादन थाल्नुपर्ने बताउँछन् ।

लगातार डेढ महिनादेखि ठप्प उद्योगलाई करोडौं व्यावसायिक घाटा भइसकेको अवस्थामा थप नोक्सानी रोक्न तत्कालै सञ्चालन गर्नुपर्ने खाँचो उनी औंल्याउँछन् । पिक सिजनमा जति बढी उत्पादन गर्न सक्यो त्यत्ति बिक्री गरेर नाफा आर्जन हुने भएकाले उद्योग तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने साहले बताए ।

दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले लकडाउन अवधिमा झन्डै ४० करोड व्यावसायिक घाटा बेहोरिसकेको छ । पूर्ण स्तरमा नचलेर दैनिक सरदर ६ सय टन उत्पादन हुने हिसाबले पनि लकडाउनको ४४ दिनमा २६ हजार चार सय टन सिमेन्ट उत्पादन उद्योगले गुमाइसकेको जिएम साहको भनाइ छ ।

उनका अनुसार त्यो परिमाण भनेको पाँच लाख २८ हजार बोरा हो, जसको हाल कायम मूल्य प्रतिबोरा सात सय ४१ ले गुणन गर्दा ३९ करोड १२ लाख ४८ हजार रुपियाँ हुन आउँछ । लकडाउनले कामै नगरी बस्नुपर्दा तीन सय ८० कर्मचारीलाई मासिक ६२ लाख तलब भत्ताबापत झण्डै एक करोड अर्थात ९३ लाख थप अनुत्पादक भार उद्योगलाई परेको छ ।

‘लगातार ४४ दिनको लकडाउनले लगभग ४० करोड बराबरको व्यावसायिक घाटा भइसक्यो, ठूलो संख्याका कर्मचारीको तलबभत्ता दिनै पर्यो,’ जिएम साहले भने । कुन प्रक्रियाले हुन्छ छिटोभन्दा छिटो उद्योग चलाउने वातावरण बनाउन उनले माग गरे । आजको नागरिक दैनिकबाट ।

IME Lifesidebar
kumari