stcnepal long ad
global ime bank long

साउन २५ गतेदेखि सिभिल लघुवित्तले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साउन २५ गतेदेखि सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले  हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ बराबर १ कित्ता अनुपातमा रु. १०० अंकित दरको ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद विक्री गर्न लागेको हो ।

भदौ १४ गतेसम्म आवेदन दिन सकिने यस हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेको थियो ।

बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत फागुन १४ गते अनुमति पाएको थियो ।

हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदन विक्री प्रबन्धकसँगै सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि घरमै बसेर दिन सकिनेछ ।

सिभिलको यस हकप्रदलाई केयर रेटिङ्ग नेपालले वित्तीय आधारभूत अवस्था औषतमा रहेको संकेत गर्ने केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।

हाल रु. ११ करोड ४१ लाख १४ हजार चुक्तापूँजी रहेको यस कम्पनीको शतप्रतिशत हकप्रदपश्चात रु.२२ करोड ८२ लाख २८ हजार पुग्नेछ ।

IME Lifesidebar
kumari