बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
भक्तपुर । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यबिनायक नगरपालिका– ५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको२०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ ।





























