stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनआईसी एशिया लघुवित्तको आईपीओ प्रि बाँडफाँट बिहीवार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहीबार प्रि अलोटमेण्ट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले विहान १० बजे प्रि अलोटमेण्ट गर्ने जानकारी दिएको हो ।

आईपीओ बाँडफाँट गर्नुपूर्व तीन कार्यदिन अघि प्रि अलोटमेण्ट गर्नुपर्ने व्यवस्था छ ।

सोहि व्यवस्था बमोजिम क्यापिटलले प्रकृया पुरा गर्न लागेको हो । प्रि अलोटमेण्ट गरेको तीन कार्यदिनभित्र आईपीओ बाँडफाँट गर्नुपर्ने व्यवस्था अनुसार सोमबार बाँडफाँट गर्नुपर्ने हुन्छ । क्यापिटलले बोर्डले निर्देशन दिएमा त्यस अघि पनि गर्न सकिने बताएको छ ।

एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यस आईपीओमा २ करोड ३० लाख ६५ हजार ३९० कित्ताको माग गर्दै आवेदन परेको छ ।

जुन मागभन्दा ५ गुणा बढी हो । अहिलेको व्यवस्था अनुसार सबै आवेदकलाई १० कित्ता पर्ने र बाँकी गोलाप्रथाद्वारा वितरण गर्दा बढी पाउनेले २० कित्तासम्म पाउने देखिन्छ ।

असार १० गतेदेखि १४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

हाल रू १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू १ अर्ब ४८ करोड पुग्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari