stcnepal long ad
national life

राजश्व छली गर्ने फर्म बिरुद्ध विभागले गर्यो मुद्दा दर्ता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ । आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख इञ्जिनीयर तोपेन्द्रसुन्दर मल्ल र सबइञ्जिनीयर वीरेन्द्र चन्दले  दुई लाख ४१ हजार १६ घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

आयोगको सुर्खेतबाट खटिएको टोलीले प्रमुख इञ्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सबइञ्जिनीयर चन्दलाई कार्यस्थलबाट पक्राउ गरेको हो ।

आयोगले प्रमुख इञ्जिनीयर मल्लको आवासबाट उक्त रकम बरामद गरेको हो । उनीहरुसँग आयोगले अनुसन्धानका लागि सबइञ्जिनीयर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई समेत मङ्गलबार पक्राउ गरेको हो ।

अनुसन्धान कार्य जारी रहेकाले उनीहरुलाई आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

gold
kumari bank
kumari
nawakantipur long