stcnepal long ad
global ime bank long

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई नयाँ निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई नयाँ निर्देशन जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा ब्याक डेटको मितिमा बीमा पोलिसी जारी गर्दा अधिकतम एक आर्थिक वर्ष मात्रै गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै बीमालेख धितोमा ऋण प्रवाह गर्दा बीमालेख जारी भएको दुई वर्ष पूरा भएपछि मात्रै त्यस्तो बीमालेखको समर्पण मूल्य हिसाब गरी ऋण प्रवाह गर्न बीमा समितिले निर्देशन दिएको छ ।

बीमा समितिले एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि मात्रै ऋण तथा समर्पण मूल्य पाउने व्यवस्था गर्न गराउन निर्देशन दिएको छ ।

IME Lifesidebar
kumari