सपोर्ट लघुवित्तको बोनस सेयर घोषणा
कर तिर्न नगद पनि

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.६८% लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको कात्तिक २१ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, कम्पनीले बोनस सेयर वितरणमा १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ खर्च गर्नेछ । यस्तै, ६ लाख ५१ हजार ६२८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ । गत वर्ष कम्पनीले ११% बोनस सेयर र ०.५७% नगद लाभांश वितरण गरेको थियो ।
२२ कात्तिक २०८०, बुधवार १०:२७ बजे प्रकाशित