इमर्जिङ्ग नेपालको लाभांश घोषणा
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ८.४२१% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश अर्थ मन्त्रालय र कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।