citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

भूकम्प पीडितलाई ज्योति विकास बैङ्कको ५ लाख सहयोग हस्तान्तरण

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गत शुक्रवार गएको भूकम्पबाट प्रभावित भएका जाजरकोट र पश्चिम रुकुमका पीडितहरूको उद्धारका लागि ज्योति विकास बैङ्कले आर्थिक सहयोग गरेको छ ।

बैङ्कले भूकम्पबाट पीडितहरूको उद्धार तथा सहयोगका लागि जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा नगद रु ५ लाख सहयोग गरेको हो।

उक्त रकम बैङ्कका जाजरकोट शाखाका प्रबन्धक वीरेन्द्र बहादुर ऐडीले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरे ।

बैङ्कले जाजरकोटस्थित शाखामार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको जानकारी दिएको छ ।

बैङ्कले आगामी दिनहरूमा पनि जाजरकोटस्थित शाखा कार्यालयमार्फत दीर्घकालीन र दिगो कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

gold
himalayan life insurance long ad