stcnepal long ad
ime life insurance
national life
global ime bank long

सरकारले नियमित बजार अनुगमन गरिरहे पनि बजारको अवस्था सुध्रिएको छैन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले नियमित बजार अनुगमन गरिरहे पनि बजारको अवस्था सुध्रिएको छैन । बरु पछिल्ला दिनमा व्यवसायिक फर्मबाट बदमासी हुने क्रम बढेको छ ।

अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कैफियत भेटिएमा ठुला र सानालाई एउटै प्रकृतिको जरिबाना भएकाले ठुला फर्मबाट गलत गर्ने क्रम बढेको हो ।

विभागको अनुगमन टोलीले सोमबार मात्रै ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेकी मिनाक्षी खाद्य उद्योगमा सिलबन्दी गरेको छ ।

विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्री वितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि विभागले उक्त उद्योगमा सिलबन्दी गरेको हो ।

गोप्य सूचनाका आधारमा विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा उक्त उद्योगमा अनुगमन गरी सिलबन्दी गरियो ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालले अनुसन्धानका क्रममा मिति मेट्न प्रयोग गरिने स्प्रिट, मिति पुनर्लेखन गर्ने मेसिन र म्याद गुज्रेका फर्म सिटी ब्रान्डका कर्नफ्लेक्स, ओट्सलगायत खाद्यवस्तु राख्नाका साथै बादसाह ब्रान्डको मिति सकिएका र नसकिएका मसाला एकै ठाउँमा राखिएको पाइएको जानकारी दिनुभयो ।

अखाद्य र खाद्यवस्तु एकै ठाउँमा बिक्री गर्ने सो खाद्य उद्योगको तत्काल सम्पूर्ण कारोबार रोक्का गरी त्यसले गरेका कैफियतको अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार विभागको अनुगमन टोलीले सोमबार नै काठमाडौँमा दुई लाख ४३ हजार २९० रुपियाँबराबरको लेबल नभएको १११ बोरा मिठाई फेला पारी नियन्त्रणमा लिएको छ ।

उक्त मिठाईको गुणस्तर परीक्षण गरेपछि मात्रै बजारमा बिक्रीका लागि पठाउने सर्तमा सोही मिठाई गोदामका कर्मचारी किशन शर्माको जिम्मा लगाइएको विभागले जनाएको छ । उक्त मिठाईको गुणस्तर परीक्षणको रिपोर्ट आएपछि मात्रै यसको अरू प्रक्रिया अगाडि बढ्ने छ ।

विभागका अनुसार सोमबार नै गट्ठाघरको हार्डवयर र नयाँ बानेश्वरको रेडिमेड तथा थान कपडा पसललाई तीन÷तीन लाखका दरले जरिबाना गरेको छ । दुवै पसलका व्यापारीले बढी मूल्य लिएको पाइएपछि जरिबाना गरेको विभागले जनाएको छ ।

IME Lifesidebar
kumari