macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सानिमा माई हाइड्रोपावरको नाफा सामान्य बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा माई हाइड्रोपावरको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा ३.४६ प्रतिशतले बढेर ३३ करोड ४३ लाख ७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको  यसैअवधिमा  यसले ३२ करोड ३१ हजार ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने १.१३ प्रतिशतले घटेर ४९ करोड ९२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ ।

विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपनि वित्तीय आम्दानी बढ्दा खुद नाफा बढेको हो । गत वर्ष २ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको वित्तीय आम्दानी यो वर्ष २ करोड ७२ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी १० रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०७ पैसा छ । चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ छ ।

himalayan life insurance
igi long
NTA long ad