sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा झरेको छ ।

prabhu bank
nawakantipur long