sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

’डिजे म्याग टप १००’ को नोमिनेसनमा पुनः एलओडी क्लब

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ ।

सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो ।
सन् २०२२ का लागि ’एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औं स्थानमा प्रवेश गरेको थियो भने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो ।

यस बर्ष पनि विश्वभरका १०० उत्कृष्ट क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।
एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिनुभयो ।

यसपटक क्लब अझै माथि उक्लिन सक्ने विश्वास लिएको कुँवर बताउँछन । क्लब, डिजे म्युजिक प्रेमीहरुको लागि हामीले पुर्वाधार, सुरक्षा व्यवस्था तथा डिजे कलाकारको राम्रो व्यवस्था गरिरहेको निर्देशक कुँवरले जानकारी दिनुभयो ।

एलओडीले नेपालमा पारिवारिक क्लबिंग अनुभवको नयाँ आयाम थप्दै गएको कुँवर बताउँछन् । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग आवश्यक रहेको कुँवरले जानकारी दिनुभयो ।


कसरी गर्ने भोट
फोटोलाई स्कयान गरेर भोट गर्न सकिने जनाइएको छ । स्कयान गरे पस्चात डिजे म्यागको वेबसाइट खुल्दछ । भोट गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ ।

डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले भोट गर्न आफ्नो देशको नाम, शहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।

अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी क्लबको नाम लेख्दै शहरमा काठमाडौं नाम उल्लेख गर्नुपर्नेछ ।

gold
prabhu bank
nawakantipur long