citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आइतबारदेखि सेयर कारोबार बन्द हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल आइतबार, ९ चैत्र २०७६

काठमाडौं । सेयर कारोबार आइतबारदेखि बन्द हुने भएको छ । सरकारले अत्यावश्यक बाहेकका बाँकी सबै सेवा बन्द गर्न निर्देशन दिएपछि सेयर बजार पनि बन्द हुने भएको हो । सरकारले अत्यावश्यक भनेर किटान गरेका क्षेत्रमा सेयर बजार पर्दैन । यसर्थ, आइतबारबाट सेयर कारोबार नहुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले जानकारी दिए । यसो त लगानीकर्ताले यसअघि नै केही समयका लागि सेयर बजार बन्द गर्न माग गरेका थिए ।

लगानीकर्ताको माग बमोजिम नेप्से र धितोपत्र बोर्डले बजार बन्द गर्न ग्रीन सिग्नल दिएका थिए । यसका लागि धितोपत्र बोर्डले अर्थमन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताएको थियो । तर शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा दिएको सम्बोधनमा अत्यावश्यक बाहेकका बाँकी सेवा कम्तिमा २ साताका लागि बन्द गर्ने भनेका छन् । सोही सेयर कारोबार बन्द हुने सीइओ साउदले बताए । तथापि, नेप्से र बोर्डले औपचारिक निर्णय भने सार्वजनिक गरिसकेका छैनन् ।

gold
himalayan life insurance long ad