stcnepal long ad
nabil bank
macchha(MBL)

निक्षेप र कर्जामा पूर्ण प्रतिस्पर्धा आवश्यक

Nimb long ad
Prabhu Insurance Long Ad

अशोकशम्शेर राणा
प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक

लामो समयदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अशोक शम्शेर राणालाई बैकिङ क्षेत्रको विज्ञका रूपमा लिइन्छ । उनले बैंकलाई अहिलेको स्थानमा ल्याउन उल्लेखनीय भूमिका खेलेका छन् । अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वकै अर्थतन्त्र प्रभावित बनाइराखेको अवस्थामा नेपालको अर्थतन्त्र पनि प्रभावित भइरहेको छ । यस्तो अवस्थामा आगामी दिनमा बैंकको वर्तमान अवस्था, यसले पार्ने प्रभाव र आगामी रणनीतिबारे गरेको कुराकानीको सम्पादित अंश :

वाणिज्य बैंकहरूको बलियो उपस्थिति भएको बजारमा हिमालयन बैंक कुन अवस्थामा छ ?

हाम्रो बैंक गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले नाफा बढाएको छ । तर, हामीले निक्षेप र कर्जा को अनुपात लक्ष्य निर्धारण गरेअनुसार भेट्टाउन सकेका छैनौं । तरलताको समस्या अहिले पनि छ, यसको कारण बजारमा बचत गर्ने ग्राहक नबढ्नु हो । यसको मतलब हामीले निक्षेप संकलन गर्न सकेका छैनौं भन्ने होइन । निक्षेप संकलनमा पनि हामी अब्बल नै छा । अरू बैंकको तुलनामा हाम्रो बैंकको निक्षेप संकलन ४० प्रातिशतभन्दा बढी छ । चल्ती र बचत खाता अहिले हामीसँग ६० प्रतिशतभन्दा बढी छ । समग्रमा हाम्रो वित्तीय अवस्था सबल छ ।

बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी निकै प्रतिस्पर्धी छ, तपाईको मा छ कि छैन ? यसबीचको यो खाडल पुर्ने दीर्घकालीन उपाय के हुन सक्छ ?

निक्षेप संकलन र कर्जा लगानीको प्रतिस्पर्धा अहिले रोकिएको छ । बैंकहरूले अहिले ब्याज दरमा भद्र सहमति गरेका छन् । कुनै पनि बैंकले तोकिएको दरभन्दा तलमाथि रहेर कर्जा लगानी अथवा निक्षेप संकलन गर्न पाउने अवस्था छैन । ९.५ र ९.७५ प्रतिशत व्यक्तिगत ग्राहकका लागि डेडलाइन तोकिएको छ । केही बैंकहरूको बचतमा ६ प्रतिशतसम्म ब्याजदर छ र केहीले ३–४ प्रतिशतसम्म पनि दिएका छन् । हामी पनि अहिले लोयर रेटमै छांै । कर्जाको हकमा पनि डेडलाइन नै तोकिएको छ । निक्षेप र कर्जाबीचको खाडल पुर्न बैंकहरूलाई पूर्ण प्रतिस्पर्धामा जान दिनुपर्छ । बैंकहरू आफ्नो योजनाका साथ अघि बढ्ने हो भने निक्षेप र कर्जाबीच सन्तुलन कायम गर्न सकिन्छ । अहिले बैंकबीच भएको भद्र सहमति हटाउनुपर्छ भन्ने मेरो मान्यता हो । भद्र सहमति तोड्ने हो कि भनेर हामीले राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग छलफल गर्दा अहिले नतोड्ने भन्ने सहमति भएको छ । अर्को सरकारले ‘एक नेपाली, एक बैंक खाता’ भन्ने योजना लिएको छ । यस्तो योजनाले पनि निक्षेप संकलन र कर्जा लगानीमा केही हदसम्म सन्तुलनमा ल्याउन सक्छ ।

बैंकहरूको चुक्ता पुँजी बढेको छ । बढेको पुँजीअनुसार व्यवसाय विस्तार गर्ने चुनौती कतिको छ ?

पछिल्लो समय राष्ट्र बैंक पर्याप्त र दीर्घकालीन पुँजी हुनुपर्ने भनिरहेको छ । जसका लागि जम्मा पुँजीको २५ प्रतिशत ऋणपत्र पनि जारी गरिसकेका छांै । तर, धेरै पुँजी भएर पनि काम लाग्दैन त्यसकारण हामीले यसमा पनि बैंकबीच छलफल भइरहेको छ । सन्तुलन कायम गर्नेगरी पुँजी वृद्धि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अबका दिनमा बैंकहरूलाई आप्mनो व्यवसाय विस्तार गर्न गाह्रो पर्ने देखिन्छ । किनभन्दा कर्जाको माग बढाउन सकिरहेको अवस्था छैन । यसको साइकलिङ इफेक्ट हाम्रो अर्थतन्त्रमा नै पर्ने देखिन्छ । जसका कारण व्यापार व्यवसाय कम हुने, आयात घट्ने अन्य कारोबारमा गिरावट आउनेजस्ता इफेक्टहरू देखा पर्छन् । यसको प्रभाव फेरि बैंकिङ सेक्टरमै पर्ने हुन्छ ।

बैंकका भावी योजना के हो ? वित्तीय अवस्था कस्तो छ र बैंकिङ पहुँच र शाखा सञ्जाल कति छन् ?

अहिले हाम्रो योजना बैंकको शाखा विस्तार गर्ने हो । साथै, हामी डिजिटल स्ट्याटेजीतिर जाने भनेर हामी अगाडि बढिरहेका छांै । यसका बाबजुद हामी वित्तीय हिसाबले पनि अब्बल नै छौं । भर्खरै हामीले ५०–६० जना कामदार लिएका छौं । त्यस्तै, पाँचवटा बंैकको शाखा खोल्ने तयारीमा छांै । व्यवसाय विस्तारमा पनि हामी एग्रेसिभ्ली अगाडि बढेकै छांै । साथै, बैंकको व्यापर र रिर्टन प्रतिसेयर आम्दानी हेर्ने हो हामी दुई÷तीन नम्बरमा पर्न जान्छांै भने वित्तीय अवस्थाको तुलना गर्ने हो भने ५–६ नम्बरमा छौं । बैंकिङ पहुँच यति प्रतिशतमा छ भनेर हामीले तथ्यांक व्यवस्थित गरिसकेका छैनौं । हालसम्म हामीले ६७ शाखा सञ्जाल विस्तार गरेका छांै । ८ लाख ग्राहक संख्या हामीसँग छ, जसमा एक्टिभ एकाउन्ट ६० प्रतिशत जति छ । यो हाम्रो मात्रै हैन अधिकांश बैंकहरूको तथ्यांक हो ।

अहिले बिग मर्जरको कुरा उठिरहेको छ । नेपाल इन्भेस्मेन्ट बैंकसँग मर्जरमा जाने कुरा आएको थियो, यो कहाँसम्म पुग्यो ?

यो धेरै चर्चामा आएको विषय हो । तर, हामीले पहिले हबिब एक्जिट गर्न खोजिरहेका छौं । अर्थात् पुराना सेयर होल्डरले सेयर बेचेर नयाँ सेयर होल्डहरू आउन खोजिरहेका छन् । मर्जका लागि हामीले राष्ट्र बैंकसँग कुरा गर्दा अर्थ मन्त्रालयले डिफल्ट दिएको भन्दै मर्जमा जाने प्रक्रिया रोकेको छ । नयाँ सेयर होल्डर आएपछि बंैकको बोर्ड म्यानेजमेन्टले जे निर्णय गर्छ, त्यसअनुरूप नै अगाडि बढ्ने हो । त्यसैले, अर्थ मन्त्रालयले पनि पहिले सेयर होल्डरको विषय समाधान गरेर मात्रै मर्ज प्रक्रिया अगाडि बढाउन भनेपछि नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्ज प्रक्रिया रोकिएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण अहिले मानिसहरू ऋण लिन आएनन्, बैंकमा लगानी योग्य रकम अत्यधिक भयो भनिन्छ, के हो ?

धेरैजसो बैंकहरूको कारोबार आयात नै हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्र इफेक्टिभली मुभ हुन नसक्दा आयात कम भएको छ । यसको प्रत्यक्ष प्रभाव बैंकहरूमा परेकै हो । तर, एसएमई साइजका व्यापारीहरू बंैकमा कर्जा लिन आइरहेकै छन् । तुलनात्मक रूपमा हेर्ने हो भने कर्जाको लेबल कम भएकै हो । कोरोनाको प्रभाव बल्ल देखिन थालेको छ । एयरलाइन्सहरू, होटेल व्यावसाय, मालसामानको आयातमा रोकले गर्दा देशको समग्र क्षेत्रमा चेन इफेक्ट देखिएको छ ।


कमर्सियल वाणिज्य बैंकबाट ऋण लिनै गाह्रो छ भन्ने गुनासो छ के यो साँचो हो ?

बैंक तथा वित्तीय संस्थाको बलियो उपस्थिति भएको बेला ऋण लिन गाह्रो भयो भन्नुपर्ने अवस्था छैन । बैंकहरूको मुख्यतया व्यापार नै निक्षेप संकलन गर्ने र कर्जा दिने हो । सेवाग्राहीले तोकिएको मापदण्ड पूरा गरेर आउँछ भने सहज रूपमा कर्जा पाउन सक्छन् । तर, तोकिएको मापदण्ड पूरा गरेर, तोकिएको विवरण पेस गरेन भने कर्जा लिन सकिँदैन । यसमा त सेवाग्राही आफंैले पनि बुभ्mनुपर्छ जस्तो लाग्छ ।

– अरू बैंकको तुलनामा हाम्रो बैंकको निक्षेप संकलन ४० प्रातिशतभन्दा बढी
– सरकारको ‘एक नेपाली, एक बैंक खाता’ भन्ने योजनाले निक्षेप संकलन र कर्जा लगानीमा केही हदसम्म सन्तुलनमा ल्याउन सक्ने
– पाँचवटा बंैकको शाखा खोल्ने तयारी
– ८ लाख ग्राहक बैंकमा आबद्ध
– मर्जका लागि डिफल्ट दिएको भन्दै रोकिएको अवस्था
– एयरलाइन्स, होटेल व्यावसाय, मालसामान आयातमा लगाइएको रोकले देशको समग्र क्षेत्र प्रभावित
– उत्पादनमूलक क्षेत्रको सहुलियत कर्जामा राष्ट्र बैंकले दिएको लक्ष्य पूरा
– बैंकको खराब कर्जाको स्थिति १.१ प्रतिशत मात्रै रहेको

सरकारले सम्पूर्ण बैंकलाई सहुलियतपूर्ण कर्जाको सीमा दिएको छ, तपाईंको बैंकमा सहुलियत कर्जाको स्थिति कस्तो छ ? यो कर्जा उठेन भने जोखिम कसले लिने हो ?

राष्ट्र बैंकले तोकेको सबै खाले सहुलियतपूर्ण कर्जा हाम्रो बैंकले प्रदान गरिरहेको छ । राष्ट्र बैंकले दिएको निर्देशन पालना गरेन भने जरिमाना पनि तिर्नुपर्छ । त्यसकारण हामीले मात्रै हैन सबै बैंकले राष्ट्र बैंकले दिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ र गरेका पनि छन् । यसमा पनि हामीले उत्पादनमूलक क्षेत्रको सहुलियत कर्जामा राष्ट्र बैंकले दिएको टारगेट पूरा गरेका छांै । तर, सहुलियत व्यक्तिगत कर्जामा भने सेवाग्राही नै नआउँदा राष्ट्र बैंकले दिएको टारगेट मिट हुन सकेको छैन । यसमा भने स्वयं ग्राहक नै आएका छैनन् । अर्को, हाम्रो बैंकको खराब कर्जाको स्थिति हेर्ने हो भने १.१ प्रतिशत छ । यस्तो खालको कर्जा उठेन भने ऋणीले धितो राखेको हकमा सहज नै हुन्छ यदि बिनाधितोमा कर्जा लिएको छ भने यस्तो अवस्थामा अलि असहज हुन्छ । तर, यस्तो कर्जा लगानी थोरै मात्रै हुने हुँदा बैंक नै धराशयी हुने हुन्छ भन्ने हँुदैन ।

याँ बाफिया ऐन आउन लागेको छ । यसले तपाईंहरूका केकस्ता विषय समेटेको छ ?

बाफियामा अरू समस्या केही छैन । हामीलाई चित्त नबुझेको कुरा के हो भनेको टर्म र उमेरहदको कुरा हो । निजी क्षेत्रमा किन उमेरहद र टर्म लिमिट राख्नुपरेको हो । बैंकको डाइरेक्टर, सीईओको उमेर, शिक्षा, टर्म लिमिट तोकिएको छ । अरू निजी क्षेत्रमा यो हद तोकिएको छैन तर बैंकमा चाहिँ यो तोकिएको छ, जुन उचित होइन । कि त सबै क्षेत्रमा यो व्यवस्था लागू हुनुपर्छ होइन भने बैंकिङ क्षेत्रमा मात्रै यो व्यवस्था लागू हुनुहुँदैन ।

वित्तीय साक्षरताका लागि पनि यहाँहरूले केही गरिराख्नु भएको छ र ?

हामीले अहिले सबै स्थानीय तहमा बैंकको शाखा खोल्नुपरेको छ । एकातिर हामी विपन्नवर्ग कर्जामा ग्रामीण क्षेत्रसम्म पुगेका छौं । पाँचवटा ग्रामीण बैंकमा हाम्रो सेयर पनि लगानी गरेका छौं । हामीलाई ग्रामीण क्षेत्रसम्म पुगिसकेका छांै । तर, हामीकहाँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता नै थोरै छन् । जनता सहर केन्द्रित भएका छन् । केही समय अगाडि मात्रै अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग हामीले पुग्नुपर्ने ठाउँमा पुगिसकेका छौं । त्यसकारण अब वित्तीय पहँुच बढाउन जहाँ जनता बढ्छन्, त्यहाँ शाखा विस्तार गर्नुपर्छ भनेका छौं । त्यसका लागि ब्रान्च लाइसेन्सिक प्रक्रिया हटाउन माग गरेका छांै । ग्रामीण क्षेत्रको विकास निर्माणका लागि सरकारी बजेट परिचालन गर्न एउटा शाखा भए पुग्छ अन्य बैंकलाई शाखा सञ्चालनमा फ्री छोडिनुपर्छ ।

बैंकले साइबर सुरक्षाका लागि कस्तो कार्य गरिरहेको छ ?

त्यसका लागि हामीले आईटी डिर्पाटमेन्ट नै खडा गरेका छांै । साइबर सुरक्षाका लागि जसले बेस्ट प्राक्टिस ग¥यो, त्यो नै बढी सुरक्षित हुने हो । अहिलेसम्म बैंकको कोर बैंकिङ सिस्टम ह्याक भएको छैन । तर, यो भनेर हामी सुरक्षित नै छांै भनेर बसेका छैनौं । यसका लागि राष्ट्र बैंकको आईटी विभागले बैंकहरूको सुरक्षमा विशेष ध्यान दिएको छ । यसअघि बैंकको सब्सिडरी नेप्स भन्ने ह्याग भएको हो । पीओर ह्याकिङ भनेको एनआईसीको हो त्यो पनि उनीहरूको गल्तीका कारण भएको हो । सर्भर असुरक्षित राखेर ह्याक भएको थियो ।

prabhu mahalaxmi
kumari