stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

गोकर्णेश्वर नगरपालिका कोरोना भाइरसको विश्व माहामारी नियन्त्रण गर्न निकै सकृय

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौं । कोरोना भाइरसको विश्व माहामारी नियन्त्रण गर्न गोकर्णेश्वर नगरपालिका निकै सकृय भएको छ। यस नगरपालिकाले ८ नम्बर वडामा रहेको नेपाल मेडिकल कलेजसग गत चैत ७ गते एक सम्झौता गरि कोरोना भाइरसको उपचार गर्न ५ वटा आइसुलेसन वेडको व्यवस्था गत चैत ७ गते देखि नै गराएको छ।

सो अस्पतालले अस्पताल परिसर बाहिर नै ५ वटा आइसुलेसन वेडको व्यवस्था गरिएको छ । गो न पा ६ नारायणटारमा रहेको शंकरापुर अस्पतालमा पनि नगरपालिकाको अनुरोधमा अस्पतालले आज चैत ९ गतेदेखि कोरोना भाइरसको उपचारका लागि ५ वटा आइसुलेसन वेडको व्यवस्था गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाले साझा स्वास्थ्य संस्थाबाट १० हजार थान मेडिकल साधारण माक्सको खरिद गर्न अडर गरिसकेको छ । त्यस्तै ९ वटै वडा कार्यालय र नगरपालिका कार्यालयमा आज चैत ९ गतेबाट कार्यालय प्रवेश गर्दा र बाहिर जादा अनिवार्य सावुन पानीले हात धुनु पर्ने व्यवस्था गरिएको छ । ग्याँस,नुन,चिनी, दाल चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तुको कालोबजारी र मुल्य बृद्धि हुन नदिन नेपाली कांग्रेस महासमिति सदस्य दुर्गा बरालको नेतृत्वमा २४ सदस्यीय बजार अनुगमन समिति गठन गरि दैनिक बजार अनुगमन गरिरहेको छ ।

कुनै पनि व्यापारीले सामान लुकाएको वा बढी मुल्यलिई बिक्री गरेको पाइएमा बिधमान कानुन अनुसार कडा भन्दा कडा कारवाही गर्ने बराले बताएका छन् ।यसैबिच आज ९ गते गो न पा र का म न पा वडा नम्बर ६ का सबै पेट्रोल पम्प र नारायणटार, जोरपाटी, पिपलबोट,बौद्ध, टुसाल, चुच्चेपाटीका सबै पसलहरू, डिपाटमेन्ट स्टोरहरू खुला रहेको छ । सवारी साधनहरू हिजो अस्तिको भन्दा कम सञ्चालन भएका छन् ।

बौद्धनाथ स्तुपा परिसरमा दर्शन गर्ने भक्तजनहरू पहिलाको भन्दा निकै कम छन् । आधा कम मानिसहरूको भीडभाड रहेको छ, विदेशी पर्यटकहरू भने धेरै नै घटेका छन् ,फाट्टफुट्ट मात्र देखिन्छन्।

बौद्ध स्थित हयात रिजेन्सी होटल आज साँझवाट चार साताका लागि बन्द गरिने भएको छ । त्यहाँ ४-५ जना पाहुना होटलमा अझै रहेकाले हयात रिजेन्सी होटल बेलुका सम्म खल्ने बुझिन आएको छ ।

 

prabhu mahalaxmi
kumari