नेपाल टेलिकमको दोस्रो त्रैमासमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाए

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ३२.९७ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि घटेको छ । गत वर्ष १७ अर्ब २४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले घटेर बढेर १७ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ ।
यता, कम्पनीको वित्तीय आम्दानी पनि ३ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने २१ करोडबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।
गत वर्ष ४३ रुपैयाँ ६८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर २९.२८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०६.३४ रुपैयाँ रहेको छ ।