sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

शिखर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ शेयर पूँजी भएको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ८५ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड ७५ लाख थियो भने अन्य इक्विटीमा ५९ करोड २३ लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १५ करोड १० लाख रुपैयाँ रहेको छ। स्पेसल रिर्जभमा १ अर्ब ८१ करोड रहेको छ ।

दोस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले २ अर्ब ५ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९४ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ५ दशलमव ५८ प्रतिशले बढेको हो ।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड खर्चिएको थियो ।

इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिसम्म ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५५ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ दशलमव ६३ प्रतिशतले बढेको हो ।

वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमाससम्म २५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको नाफा सामान्य बढेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको सोल्भेनसी रेसियो ३ दशदमव ६७ रहेको छ । म्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा रहेको छ । पीई रेसियो ४०.९० गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ ।

gold
kumari bank
nawakantipur long