citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

थ्रीस्टार हाइड्रोपावरले ६७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमायो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा थ्रीस्टार हाइड्रोपावर ६७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले १२ लाख ६३ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको र प्रशासनिक खर्च घटेको कारण यसको खुद नाफा बढेको हो ।

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ५.१३ प्रतिशतले बढेर ९ करोड ७१ लख ३३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो । प्रशासनिक खर्च ३४.०३ प्रतिशतले घटेर ५६ लाख ७२ हजार रुपैयाँमा आएको छ ।

मसान्तसम्म यस कम्पनीको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ७३ पैसा छ । प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ ७६ पैसा छ ।

gold
himalayan life insurance long ad
kumari bank