citizens life insurance long ad
stcnepal long ad

चीनमा वर्षापछिको बाढीका कारण जनजवन प्रभावित, उद्धार कार्य जारी

Nimb long ad
Prabhu Insurance Long Ad
चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो ।
उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ ।
शहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ ।
शनिबार बिहान ८ बजेदेखि मंगलबार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३ सय ५५ दशमलव १ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।
चीनको राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् । सिन्ह्वा
IME Life
kumari